होम » घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो । बुधबार भने सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?