होम » विष्णु माझीको ‘चरी जेलैमा’ को युट्युबमा नयाँ कीर्तिमान

विष्णु माझीको ‘चरी जेलैमा’ को युट्युबमा नयाँ कीर्तिमान

by नागरिक टुडे

गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान बनाएको छ । गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएर नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले समाचार तयार गर्दा २ करोड ९ लाख बढी भ्युज पाएको छ । गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ । यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।

गीतले समेत चारैतिर चर्चा बटुलीरहेको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत बिष्णु माझीको जीवनसँग समेत जोडेर चर्चा गर्न थालिएको छ ।  सामाजिक सञ्जालमा उनको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको थियो । केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको थियो ।

 

यिनिहरू पढ्न छुटे की ?