होम » स्थानीय समाजसेवी बिष्णु कार्कीबाट महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

स्थानीय समाजसेवी बिष्णु कार्कीबाट महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

by नागरिक टुडे

२९ भाद्र । नेपाली कांग्रेसको १४ औ महाधिबेशनको लागि झापा क्षेत्र न.५ बाट संघीय महाधिबेशन प्रतिनिधि (खुल्ला )को लागि बिष्णु कार्कीले उम्मेदवारी घोषणा गरेका छन । स्थानीय उद्योगी, समाजसेवी, परोपकारी तथा व्यवसायीक छबि बनाएका कार्की सामाजिक ब्यक्तित्वको रुपमा परिचित छन । २०४३ सालमा कांग्रेस निकट नेपाल बिधार्थी संघ संग आबद्द भएर राजनीति शुरू गरेका कार्कीले त्यसपछि पार्टीका बिभिन्न ज़िम्मेवार पदमा बसेर काम गरिसकेका छन । कार्कीको ४६ र ६२/६३ सालको जनअान्दोलन तथा सत्याग्रहमा सक्रिय सहभागिता रहेको थियोे ।

उनी राजनीति संगै सामाजिक ब्यक्तित्वको रूपमा पनि परिचित छन । उनले आफ्नो क्षेत्र गाैरादह, कमल लगाएत बिभिन्न ठाउमा आर्थिक रूपमा धेरै सहयोग समेत गरेका छन । धार्मिक संघ संस्था,विद्यालय कलेज,मठ मन्दिर लगायत गरीब विपन्न नागरिकहरूलाई सहयोग गरेको स्थानीय नागरिकहरू बताउछन उनले यो महाधिबेशनमा आफ्नो केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिदै, अाफ्नाे क्षेत्रका क्षेत्रिय प्रतिनिधि, वडा सभापति, शुभ चिन्तक सबैसंग अमूल्य मतको अपेक्षा समेत गरेका छन ।

यिनिहरू पढ्न छुटे की ?