होम » मन्त्रिपरिषद् विस्तार बारे प्रचण्ड र पूर्ण खड्का बीच छलफल जारी

मन्त्रिपरिषद् विस्तार बारे प्रचण्ड र पूर्ण खड्का बीच छलफल जारी

by नागरिक टुडे

सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का बीच भेटवार्ता जारी छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच छलफल चलिरहेको छ ।

मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल चलिरहेको प्रचणडको सचिवालयले जनाएको छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भएपछि नेताहरु अहिले दौडधुपमा छन् । सत्ता साझेदार दल बीच सहमति गरेर छिटो मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरिरहेको नेताहरूले बताउने गरेका छन् ।

यिनिहरू पढ्न छुटे की ?