होम » थप १५६२ जनामा कोरोना संक्रमण

थप १५६२ जनामा कोरोना संक्रमण

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा नेपालमा १५६२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११८० जना र एन्टिजन परिक्षण गर्दा ३८२ जना गरि जम्मा १५६२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १५८९ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १९ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको कोरोना परिक्षण गरेका थिए भने ८८ हजार १८४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?