होम » ९ सय ११ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

९ सय ११ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा १४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

यिनिहरू पढ्न छुटे की ?