होम » समृद्दी र ऐश्वर्य प्राप्तिको लागी यसरि गर्नुहोस् आइतवार सूर्यनारायणको पुजा

समृद्दी र ऐश्वर्य प्राप्तिको लागी यसरि गर्नुहोस् आइतवार सूर्यनारायणको पुजा

by नागरिक टुडे

सनातन धर्ममा हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ। आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएकोसूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि : आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ। पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा.तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं..ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।।

ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ।यसैगरी आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

यिनिहरू पढ्न छुटे की ?