होम » यी हुन् आइतबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी

यी हुन् आइतबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ७१.४३ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलब ४२ विन्दुमा पुगेको हो । त्यस्तै, आज ९ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर  कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, छ्याङिद हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्श र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् ।

यिनिहरू पढ्न छुटे की ?