होम » २४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना  पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।

यिनिहरू पढ्न छुटे की ?