होम » माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

by नागरिक टुडे

नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो । अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।

एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारित उनको भनाइ छ । ‘आज राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै …’ संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ ।’

अध्यक्ष ओलीले एमाले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई मान्यता दिएर अर्को पार्टी गठन नै हुन नसक्ने दावी समेत गरे । ‘यसरी हाम्रो पार्टीका विरुद्धमा षडयन्त्र गरेको हुनाले र हाम्रो पार्टी फोडेको हुनाले सदन चल्ने स्थिति, समग्रतामा सदन नै चल्ने स्थिति रहेन,’ उनले भने।

यिनिहरू पढ्न छुटे की ?