होम » २४ घण्टामा १६७७ संक्रमित थपिए,२१ जनाको मृत्यु

२४ घण्टामा १६७७ संक्रमित थपिए,२१ जनाको मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा नेपालमा १६७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४२३ जना र एन्टिजन परिक्षण गर्दा २५४ जना गरि जम्मा १६७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०७२ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २१ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनाको कोरोना परिक्षण गरेका थिए । यस्तै, हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?