होम » सानिमा लाईफको शेयरमा लगानीकर्ताको आकर्षण उच्च

सानिमा लाईफको शेयरमा लगानीकर्ताको आकर्षण उच्च

by नागरिक टुडे

भदौ १७ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको सानिमा लाईफ इन्स्योरेन्सको शेयरमूल्य निरन्तर उच्च दरमा बृद्धि भईरहेको छ । पहिलो कारोबार दिनदेखिनै सर्किट लेभलमा मूल्य बढ्दै आएको कम्पनीको चौथो कारोबार दिनमा पनि १० प्रतिशतले मूल्य बृद्धि भई प्रतिकित्ता रू. ४५२ दशमलव २० पुगेको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१ दशमलव १० ले बढेको हो ।

कम्पनीको शेयर खरिद चाप उच्च हुँदा मूल्यमा सकारात्मक प्रभाव परेको हो । मंगलवार कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ । कारोबारको दोस्रो घण्टासम्मको अवधिमा कम्पनीको ५ लाख ४४ हजार ३०८ कित्ता शेयर खरिद माग रहेको छ । विक्री कर्ता भने देखिएका छैनन् ।

कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १०३ दशमलव १७ देखि रू. ३०९ दशमलव ५१ सम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्य रू. ३०९ मै कम्पनीको शेयर कारोबार खुला भएको हो । चार कारोबार दिनमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ११२ दशमलव ३० ले बढेको छ । पहिलो कारोबार दिन १० प्रतिशत मूल्य बृद्धि भई कम्पनीको अन्तिम मूल्य रू. ३३९ दशमलव ९० कायम भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?