होम » घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो ओरालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १८.०४ अंकले घटेर २ हजार ९ सय ६२ दशमलब ७४ विन्दुमा परगेको छ भने करिब चार अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार यो समाचार तयार पार्दासम्म नेप्सेमा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५२.२० रुपैयाँ पुगेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले बढेर प्रतिकित्ता ६११ रुपैयाँ पुगेको छ ।

यिनिहरू पढ्न छुटे की ?