होम » सोमबार यसरी गर्नुहोस् शिवको पुजा : मिल्छ अनन्य पुण्य ,भाग्य बढ्छ

सोमबार यसरी गर्नुहोस् शिवको पुजा : मिल्छ अनन्य पुण्य ,भाग्य बढ्छ

by नागरिक टुडे

सप्ताहको सातै दिन कुनै न कुनै ईश्वरको पूजा, भक्ति र व्रतका लागि हुन्छ । सोमवारको दिन हिन्दू धर्म परमपराको अनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरु संग चाडैनै प्रसन्न हुन्छन।

सोमवारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। हिन्दु धर्मग्रंथहरुमा सोमेश्वर शब्दको दुइटा अर्थ हुन्छ।पहिलो अर्थ हो – सोम यानी चन्द्रमा। चन्द्रमालाई ईश्वर मानेर उनको पूजा र व्रत गर्नु। सोमेश्वर शब्द को दोस्रो अर्थ हो- त्यो देव, जसलाई सोमदेवले पनि आफ्नो भगवान मानेका छन। त्यस भगवानको सेवा-उपासना गर्नु, र त्यो देवता हुन – भगवान शिव।

संहारका पनि देवताजहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ।सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

शिवको नामहरुको प्रभाव:सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन।ऊं अघोराय नम:ऊं शर्वाय नम:ऊं विरूपाक्षाय नम:ऊं विश्वरूपिणे नम:ऊं त्र्यम्बकाय नम:ऊं कपर्दिने नम:ऊं भैरवाय नम:ऊं शूलपाणये नम:ऊं ईशानाय नम:ऊं महेश्वराय नम:

शिव पुजा बिधि:सोमवार शिव पूजनका लागि प्रात: स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस। तयसपस्चात घरको मंदिर या कुनै शिव मंदिर जाएं जहां भगवान शिवको साथ माता पार्वती र नंदीलाई गंगाजल या पवित्र जल अर्पित गरौ। जल अर्पित गरे पश्चात शिवलिंगमा चंदन, चावल, बिल्वपत्र, अंकड़ेको फूल र धतुरो चढ़ाउ। पूजा संपन्न गर्नका लाहि भगवान शिव लाइ घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौ।

यिनिहरू पढ्न छुटे की ?