होम » सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२३० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?