होम » नेप्सेमा उच्च अंकको बृद्धि, कारोबार भने बढ्न सकेन

नेप्सेमा उच्च अंकको बृद्धि, कारोबार भने बढ्न सकेन

by नागरिक टुडे

केहि हप्तादेखि निरन्तर भारि गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको बृद्धि आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ८१ अंकले बढेको छ । तर, नेप्से बढे पनि कारोबार भने बढ्न सकेको छैन । आजको कारोबार शुरु भएको दुई घण्टा बितिसक्दा पनि कारोबार भने तीन अर्ब ८३ करोड मात्रै भएको छ ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म नेप्सेमा चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाइफ इन्स्योरेन्स, पाँचथर पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

यिनिहरू पढ्न छुटे की ?