होम » शेयर बजारमा पहिरो, लगानीकर्ता राष्ट्र बैंक घेर्दै

शेयर बजारमा पहिरो, लगानीकर्ता राष्ट्र बैंक घेर्दै

by नागरिक टुडे

यो हप्ताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६६ अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा शेयर प्रकृतिको कर्जामा क्याप लगाइदिएपछि शेयर बजारमा ठूलो गिरावट देखिएको हो ।

नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उतार चढावकाबीचमा कारोबार भइरहेको छ । आइतबार शेयर बजारका केहि लगानीकर्ता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न समेत पुगका छन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार भने राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्जाका कारण बजार उच्च अंकमा घटेको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समेटिएको शेयर धितो कर्ताको समय दुई वर्ष सम्म समय पाइन्छ भन्ने हाम्रो बुझाई थियो । तर, पछि आएको एकिक्रित निर्देशिकामा एक वर्षको समय सिमा बनाइएको छ । त्यसमा पनि रिन्यु गर्दा पैसा तिर्नु पर्ने बनाईयो । यसले गर्दा शेयर बजार डिस्ट्रब भएको हो ।’

ठूला लगानीकर्ताहरुले मात्र ऋण लिए, साना लगानीकर्ताहरुले ऋण लिन पाएनन्, उत्पादनमुलक क्षेत्रमा ऋण गएन भन्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको गुनासोमा रौनियार भन्छन्, ‘एक महिना अघि मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकबाट रिभर्स रिपो गरेर लिएको थियो । त्यो पनि बैंकमा धेरै पैसा भएर ३ प्रतिशत ब्याजमा लगिएको थियो ।’ उनी अगाडि थप्दै भने, ‘तर, हामीले ८÷९ प्रतिशत दिइरहेका छौं । अझै पनि बैंकमा पैसा फ्याला फ्याल छ । कुनै बैंकमा ८÷९ प्रतिशत ब्याजमा लोन चाहियो भन्यौँ भने तीन चार दिनमै बैंकहरुले दिन्छन् ।’

साभार:aarthiknews

यिनिहरू पढ्न छुटे की ?