होम » शेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

शेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक पाँच प्रतिशतले घटेपछि आइतबार नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो ।

कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटका लागि बन्द भएको छ ।यस अवधिमा नेप्से १४७.३१ अंकले घटेर ३१ विन्दुमा थामिएको छ भने सात अर्बको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उत्तारचढावका बीचमा कारोबार भइरहेको छ । शेयर धितो कर्जाकै कारण शेयर बजारमा उच्च अंकको गिरावट आएको लगानीकर्ता बताउँछन् ।

यिनिहरू पढ्न छुटे की ?