होम » आइतवार यसरी गर्नुस सुर्यदेवको पुजा

आइतवार यसरी गर्नुस सुर्यदेवको पुजा

by नागरिक टुडे

हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ। आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि :आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस:प्रात: स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणा: प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यम चिन्त्यरूपम्।।ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुव: स्वस्त्वमोङ्कार: सर्वो रुद्र: सनातन:।।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्। यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ।

यसैगरी साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।

आजको दिनमा सूर्य अर्घ्य मन्त्र–ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

यिनिहरू पढ्न छुटे की ?