होम » २४ घण्टामा १७५६ संक्रमित थपिए,२३ जनाको मृत्यु

२४ घण्टामा १७५६ संक्रमित थपिए,२३ जनाको मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार  २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ।  यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?