होम » सुनको मूल्यमा सामान्य बृद्धि

सुनको मूल्यमा सामान्य बृद्धि

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १२०५ मा कारोबार भएकोमा आज बढेर तोलामा ११९५ कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?