होम » काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ

काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ

by नागरिक टुडे

यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  सामाखुसीबाट चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताए । पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसी छन् ।

प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको एसएसपी खापुङ्गले बताए ।

यिनिहरू पढ्न छुटे की ?