होम » कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा

कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा

by नागरिक टुडे

अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शो मा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको  उनले सुनाइन् ।

 

यिनिहरू पढ्न छुटे की ?