होम » थप २००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

थप २००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा नेपालमा २००४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६१९ जना र एन्टिजन परिक्षण गर्दा ३८५ जना गरि जम्मा २००४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ । त्यसैगरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?