होम » घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

by नागरिक टुडे

केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार मा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा दुई सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।            त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२९५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?