होम » प्रदेश- १ मा प्रदेशसभा सदस्यहरूकाे सनाखत हुँदै

प्रदेश- १ मा प्रदेशसभा सदस्यहरूकाे सनाखत हुँदै

by नागरिक टुडे

नेकपा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुने प्रदेश- १ प्रदेशसभाका सदस्यहरूले आज बुधबार सनाखत गर्ने भएका छन् । समाजवादीका नेता राजेन्द्र राईले बुधबार सनाखत गर्ने तयारी भएको बताए । एमाले छाडेर समाजवादीमा गएको सांसदहरूलाई दल चुन्नका लगि २२ गते सम्मका लागि समय थियो । समय अगावै दल चुन्नका लागि सनाखत तयारी भएको राईले जानकारी दिए। कम्तीमा १० प्रदेश सभा सदस्यले समाजवादी पार्टी रोज्ने राईको दावी छ ।  शुक्रबार नै १० जना प्रदेश सभा सदस्यहरूले समाजवादीमा जाने भनेर हस्ताक्षर गरेका थिए ।शुक्रबार भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राईले समाजवादीमा जाने भनेर हस्ताक्षर गरेका छन् ।

यस्तै इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङदले नेकपा समाजवादी रोज्ने देखिएको छ ।केही दिनदेखि सामूहिक रूपमा बसेर छलफल गर्दै आएका उनीहरूले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् ।यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरूलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ ।यसअघि नेपाल समूहमा आवद्ध भएका १८ सांसदमध्ये कम्तिमा १० जनाले समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राईले दावी गरे ।

 

यिनिहरू पढ्न छुटे की ?