होम » ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

by नागरिक टुडे

सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीको फिचर अरु पुरानो फोल्डेबल फोनहरुमा पनि उपलब्ध गराएको छ । यससँगै अब प्रयोगकर्ताहरुले सफ्टवेयर अपडेट पाउनका लागि ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्री किन्नु नपर्ने भएको छ ।

सामसङले वान यूआई ३.१.१ अपडेट रोलआउट गर्दैछ, जसले फोनको मल्टिटास्क गर्ने फिचर र एपको साइज मिलाउन मिल्ने फिचर फोल्ड, फोल्ड २, फ्लिप र फ्लिप फाइभ जीमा पनि उपलब्ध हुनेछ । फोल्डेबल फोनको ट्याबलेट जस्तै स्क्रीन भएकाले मल्टि एक्टिभ विन्डो अझै राम्रो तरीकाले प्रयोग गर्न पाइन्छ । एपहरुलाई प्रयोगकर्ताहरले रिसाईज र रोटेट गर्न सक्नेछन् । त्यस्तै आफूलाई मनपर्ने एपलाई पिन पनि गर्न सक्नेछन् र कभर स्क्रीनमा इन्टर्नल डिस्प्ले पनि देखाउन सक्नेछन् । त्यस्तै ड्रयाग एण्ड स्पलीट भन्ने अप्सनले सामसङ फोल्डेबलका उपभोक्ताहरुलाई  पहिले खुलेको एप पनि नयाँ विन्डो खोल्न दिने गर्दछ ।फोन अलिकति फोल्ड गरेको अवस्थामा पनि फ्लेक्स मोड प्रयोग गरेर मिडिया कन्ट्रोल प्रयोग गर्न पाइन्छ । यसले पुरानो फोल्डेबर फोनहरुको प्रभावकारिता अझै बढाउने कम्पनीले विश्वास गरेको छ ।

यिनिहरू पढ्न छुटे की ?