होम » आन्तरिक उडानका यात्रुले फेससिल्ड लगाउनु नपर्ने

आन्तरिक उडानका यात्रुले फेससिल्ड लगाउनु नपर्ने

by नागरिक टुडे

आन्तरिक उडानका यात्रुले अब फेस सिल्ड लगाउन नपर्ने भएको छ । यद्यपि, स्वास्थ्य सुरक्षाका लागि मास्कको अनिवार्य प्रयोग भने यथावत राखिएको छ ।

कोभिड–१९ को दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेधाज्ञापछि खुलेको आन्तरिक उडान संचालनको दुई महिनापछि यात्रुलाई अनिवार्य गराइएको फेस सिल्डको प्रयोग हटाइएको हो । निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न आन्तरिक वायुसेवा कम्पनीले बुधबारदेखि यात्रुका लागि अनिवार्य फेस सिल्डको प्रयोग हटाएका हुन् । बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले फेस सिल्ड प्रयोगले यात्रुले असहज महशुस गर्नुका साथै कतिपयले जथाभावी फ्याँकेकोले फोहोर भएको बताए । ‘अहिले मास्क अनिवार्य राखेर फेस सिल्ड हटाएका छौं,’ उनले भने । नियमित उडान गर्दै आएका विभिन्न आन्तरिक वायुसेवा कम्पनीले एक साताअघि देखि फेस सिल्ड प्रयोग बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्दै आएका थिए । प्राधिकरणबाट मौखिक रुपमा फेस सिल्ड प्रयोग हटाउँदा फरक नपर्ने जानकारी आएसँगै आजदेखि फेस सिल्ड प्रयोग हटाएको होे ।

यिनिहरू पढ्न छुटे की ?