होम » धोती-कुर्तामा सोनम कपूरको ‘यूनीक स्टाइल’, अनिल कपूरले गरे रियाक्ट

धोती-कुर्तामा सोनम कपूरको ‘यूनीक स्टाइल’, अनिल कपूरले गरे रियाक्ट

by नागरिक टुडे

बलिउड अभिनेत्री सोनम कपूर फेसन सेन्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । उनलाई बलिउडको ‘फेशनिस्टा’ भनेर चिनिने गरेको छ । फेशनकै कारण उनी बेला बेला चर्चामा आउने गर्छिन त कहिलेकाही ट्रोल पनि बन्ने गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर अपलोड गरेकी छिन् । तस्बिरमा उनले धोती कुर्ता लगाएकी छिन् । धोती कुर्ता लगाएको उनको तस्बिरमा बाबु अनिल कपूरले पनि रियाक्शन दिएका छन् ।अनिल कपूरले उक्त तस्बिरमा ‘शानदार फोटो सोनम ।’ भन्दै कमेन्ट गरेका छन् । त्यस्तै अर्पिता मेहता, सैय्यमी खेर, पत्रलेखा तारा शर्माले पनि पायर इमोजी कमेन्ट गरेका छन् । सोनमको फ्यानहरुले पनि उनको तस्बिर मन पराएका छन् ।

यिनिहरू पढ्न छुटे की ?