होम » खल्ती वालेटबाट अब कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती वालेटबाट अब कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

by नागरिक टुडे

काठमाडौं । खल्ती डिजिटल वालेटबाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने भएकाे छ । ग्राहकले अब खल्तीमा जोडिएका चार सयभन्दा बढी सहकारी खातामा नि:शुल्क रकम पठाउन सकिने सेवा सुचारू भएकाे हाे । यस सेवाअन्तर्गत खल्तीबाट कुनै पनि सहकारी खातामा एक चोटीमा २५ हजार रुपैयाँको दरले दिनमा एक लाख रुपैयाँसम्म नि:शुल्क पठाउन वा जम्मा गर्न सकिने छ ।

त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा दुई लाख ५० हजार रुपैयाँसम्मको रकम बिना कुनै सेवाशुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ ।खल्तीका अनुसार केवाईसी भेरिफाई गराएका प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुले मात्र यो सुविधा प्रयोग गर्ने पाउनेछन् । नयाँ ग्राहकहरु पनि खल्ती एप डाउनलोड गरी खल्ती केवाईसी भेरिफाई गरी याे अफरमा सहभागी हुन सक्नेछन् ।

खल्तीबाट आफ्नो सहकारी खातामा नि:शुल्क रकम ट्रान्सफर गर्ने तरिका:
  • खल्ती एप डाउनलोड गरी लग-ईन गर्नुहोस् (नयाँ प्रयोगकर्ताहरुले साइन अप गर्नुहोस् ।)
  • ‘खल्ती’को होम पेजमा गई ‘कोअपरेटिभ ट्रान्सफर’ मा क्लिक गर्नुहोस् ।
  • अब सम्पूर्ण विवरण दाखिला गरी ‘भ्यालिडेट कोअपरेटिभ अकाउन्ट बटनमा क्लिक गर्नुहोस् ।
  • अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरी ‘ओके’ बटनमा क्लिक गर्नुहोस्

 

यिनिहरू पढ्न छुटे की ?