होम » कोरोनाको खोप माग्दै सडकमा उत्रे वैदेशिक रोजगारीमा जाने युवा

कोरोनाको खोप माग्दै सडकमा उत्रे वैदेशिक रोजगारीमा जाने युवा

by नागरिक टुडे

कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले मंगलबार बिहानै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । विदेशमा रोजगार दिने देशहरुले खोप लगाउन अनिवार्य गरेपछि उनीहरुले खोपको माग गरेका हुन् । घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै वाध्य भएर युवाहरु सडकमा निस्किएका हुन् । महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा सोमबार राति ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई मंगलबार बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए ।यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको थियो । रोजगारदाताले पनि जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएका थिए ।

यिनिहरू पढ्न छुटे की ?