होम » इजरायलमा राेजगारी : केयरगिभरकाे लिखित परीक्षा २८ भदाैमा

इजरायलमा राेजगारी : केयरगिभरकाे लिखित परीक्षा २८ भदाैमा

by नागरिक टुडे

इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारको लिखित परीक्षाको मिति तय भएको छ ।  दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८ भदौ दिउँसो १ बजे काठमाडौंमा हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तर्वार्ता हुनेछ । छनाेट प्रक्रिया नलम्बिएमा कामदार असोज मसान्तसम्म इजरायल उड्ने छन् । इजरायल रोजगारीका लागि एक हजार कामदारको माग गरेकोमा अनलाइनमार्फत नौ हजार ६ सय ९९ ले आवेदन दिएका छन् ।  इजरायलम कामदारका लागिकम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिकाअनुसार कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमप्राप्त गरेको हुनुपर्नेछ ।  यसैगरी, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

यिनिहरू पढ्न छुटे की ?