होम » नागरिकलाई सहज सेवा दिन कार्यालय थप गर्दै बागमती सरकार

नागरिकलाई सहज सेवा दिन कार्यालय थप गर्दै बागमती सरकार

by नागरिक टुडे

नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत थप ४ वटा कार्यालयहरु विस्तार गर्ने निर्णय गरेको छ ।वन मन्त्रालय अन्तर्गतको प्रदेशमा बाढी पहिरो नियन्त्रणका लागि ३ वटा भू तथा जलाधार संरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारको काम गर्दै आएको पर्यटन विकास आयोजना उपशाखा गरी ४ वटा कार्यालय थप गर्ने निर्णय गरेको हो ।बाढी, पहिरोको नियन्त्रण गर्नका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोट जिल्लामा कार्यालय स्थापना गर्न लागेको हो ।यसअघि बागमती प्रदेशमा २ वटा मात्र भू तथा जलाधार संरक्षण कार्यालय संचालनमा रहेका थिए । प्रदेशको सिन्धुपाल्चोक र ललितपुरमा गरी ती कार्यालय रहेका छन् ।

ललितपुरमा रहेको भू तथा जलाधार संरक्षण कार्यालयले रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र काठमाडौं उपत्यकाका ३ जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएको थियो ।

त्यस्तै सिन्धुपाल्चोकमा रहेको भू तथा जलाधार संरक्षण कार्यालयले दोलखा, सिन्धुली, रामेछाप र काभ्रे जिल्लालाई कार्य क्षेत्र बिनाएर सेवा प्रवाह गरिरहेको थियो ।

प्रदेशका आम नागरिकहरुले विपद्को समयमा २ वटा मात्र कार्यालयबाट सेवा लिनु पर्दा समस्या हुने गरेको अवस्थालाई केही सहज बनाउनका थप कार्यालयहरु स्थापना गर्ने निर्णय भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । उनका अनुसार प्रदेशका नागरिकहरूका साना समस्या समाधानका लागि पनि कठिन यात्रा तय गरेर सेवा लिनु पर्ने बाध्यतालाई प्रदेश सरकारले बुझेर हाल कायम रहेका कर्मचारीहरूबाट कार्यालयहरु थप गरी सहज सेवा प्रवाह गर्ने तयारी गरेको हो । यसैगरी प्रदेश सरकारले काठमाडौंमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडामा मुख्य कार्यालय रहेकाले प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिन आउने नागरिकहरुको गुनासो बढेकाले सेवा प्रवाहलाई सहज बनाउनका लागि काठमाण्डौ पर्यटन आयोजना उपशाखाको रुपमा स्थापना गर्ने निर्णय भएको सूचना अधिकारी पुडासैनीले बताए । प्रदेशका १३ वटै जिल्लाबाट पर्यटन विकास सम्बन्धी सेवा र योजनाहरुको सम्झौताको लागि हेटौंडा नै धाउनुपर्ने बाध्यता हटाउन काठमाण्डौंमा उपशाखा स्थापना गर्न लागिएको उनले बताए । उनका अनुसार सो उपशाखाबाट स–साना योजनाहरु, उपभोक्ता समूहबाट हुने योजनाहरुको सेवा प्रवाह हुनेछ भने ठुला ठेक्का तथा टेण्डर र सेवाहरु हेटौंडाबाट ने प्रवाह हुनेछ ।

यिनिहरू पढ्न छुटे की ?