होम » तीन दिनदेखि सुनको मूल्य स्थिर

तीन दिनदेखि सुनको मूल्य स्थिर

by नागरिक टुडे

तीन दिनदेखि सुनको मूल्य र दुई दिनदेखि चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार गत साताको शुक्रबार (११ गते) देखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो । यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।

यिनिहरू पढ्न छुटे की ?