होम » काजोललाई शाहरुखकी श्रीमती सोच्ने वरुण धवनले जब घरमा गौरीलाई देखे…

काजोललाई शाहरुखकी श्रीमती सोच्ने वरुण धवनले जब घरमा गौरीलाई देखे…

by नागरिक टुडे

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री काजोलले विभिन्न सुपरहिट फिल्महरुमा जोडीको रुपमा काम गरेका छन् । दुबैको जोडीलाई प्रशंसकले अत्यधिक मन पराउँछन् ।

दुबैको लोभलाग्दो केमेष्ट्री देखेर बलिउड अभिनेता वरुण धवन कुनै बेला एउटा ठूलो असमझदारीको शिकार बन्न पुगेका थिए ।

त्इो बेला वरुण धवनले शाहरुख खान र काजोललाई वास्तविक जीवनमा नै श्रीमान्–श्रीमती हुन् भन्ने सोचृका थिए । तर, वास्तविकता तब खुल्यो जब वरुण धवनले गौरी खानलाई शाहरुखको घरमा देखे र आश्चर्यमा परेका थिए । यो कुरा बारेमा वरुण धवन आफैंले बताएका हुन् । वास्तवमा, केही अघि वरुण धवन आफ्नो एउटा फिल्मको प्रमोशनका लागि एउटा रियलिटी शोको सेटमा पुगेका थिए । त्यही क्रममा उनले आफूले सधैं काजोल र शाहरुख खानलाई श्रीमान्–श्रीमती सोच्ने गरेको बताएका हुन् । वरुण भन्छन् –‘एक दिन म एउटा काम लिएर शाहरुख सरको घर गएको थिएँ । त्यहाँ शाहरुख सरकी श्रीमती गौरी खानले ढोका खोलिन् । त्यो देखेर म छक्क परेँ र दुई मिनेटसम्म उनलाई हेरिरहेँ । त्यो समयमा मैले केही भनिन । आफे काम सकेर म त्यहाँबाट निस्किएँ । तर जब मैले घर आएर सम्पूर्ण कुरा आफ्नी आमालाई सुनाएँ, तब आमाले मलाई शाहरुखकी श्रीमती काजोल नभएर गौरी भएको बताउनु भयो ।’वरुण धवनले काजोल र शाहरुख खानसंग फिल्म ‘दिलवाले’ मा काम गरिसकेका छन् । यो फिल्ममा वरुणले शाहरुखको भाइको भूमिका निर्वाह गरेका छन् ।

यिनिहरू पढ्न छुटे की ?