होम » एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर २ को मृत्यु

एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर २ को मृत्यु

by नागरिक टुडे
गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईजनाको सोमबार मृत्यु भएको छ । अविरल बर्षाको कारणले पहिरोले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा बिद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्टभएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।

मृत्यु हुनेमा स्याङजा जिल्ला निवासी २७ वर्षिय विमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षिय उमाकान्त बराल रहेका छन्। भने घाईते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाईतेको उपचारको लागि काठमाण्डौं पाठाईएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। मृत्यु भएका दुई जनालाई भने गजुरी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।

यिनिहरू पढ्न छुटे की ?