होम » उपत्यकाको फोहोर ब्यवस्थापनबारे प्रधानमन्त्री देउवालाई काठमाडौं महानगरको ध्यानाकर्षण

उपत्यकाको फोहोर ब्यवस्थापनबारे प्रधानमन्त्री देउवालाई काठमाडौं महानगरको ध्यानाकर्षण

by नागरिक टुडे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै प्रधानमन्त्री शेरबहादुरलाई ध्यानाकर्षण गराएका छन् । सोमबार (आज) मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायतका जनप्रतिनिधिहरु बालुवाटार पुगेर उपत्यकाको फोहोर ब्यवस्थापनबारे प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री देउवाले जति सक्दो चाँडो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको बताइएको छ । उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्री देउवालाई अनुरोध गरिएको मेयर शाक्यले जानकारी गराए । सडक निर्माणका लागि महानगर आफैले खर्च व्यहोर्ने बताउँदै मेयर शाक्यले भने, ‘नुवाकोटको सिसडोलसम्म फोहोर बोकेका गाडी पु-याउन सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीलाई आग्रह ग-यौं ।’ प्रधानमन्त्री देउवाले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिएको पनि मेयर शाक्यले बताए । साथै बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो निर्माण सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको मेयर शाक्यले बताए ।

यिनिहरू पढ्न छुटे की ?