होम » आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

by नागरिक टुडे

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी आज श्रीकृष्ण भगवानको पूजा आराधना गरेर मनाइँदै छ ।

द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको सम्झनामा आज श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो । कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।

यतिमात्र होइन, कृष्णले आफ्ना मामा कंंसको बध गरेकाले उनलाई नराम्रा व्यक्तिहरूको विनाश गर्ने भगवानका रूपमा पनि लिइन्छ । श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारका रूपमा पनि लिइन्छ । आजकाे दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना गर्नुका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।जन्माष्टमीका दिन विभिन्न मेलामा मेला लाग्ने गरे पनि यस वर्ष भने नयाँ कोरोना भाइरसले गर्दा सामान्य पूजाआजा गरी मनाइनेछ । अगिल्लाे वर्षमा झैं काेराेना भाइरसले गर्दा  यस वर्ष पनि रथयात्रा तथा शाेभायात्रा राेकिएकाे छ । विगतमा वर्षमा काटिएकाे सार्वजनिक बिदा भने यस वर्षदेखि दिन थालिएकाे छ ।

यिनिहरू पढ्न छुटे की ?