होम » बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

by नागरिक टुडे

अविरल वर्षाले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत ​तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्द्दधवावा, तिनाउ ३ सिसुवा, तिनाउ ५ हिँउदेखोला, तिनाउ ५ केराबारी र तिनाउ ५ जरेपिपलमा पहिरो खसेको छ।पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ। यस्तै रम्भा ३ सितापहाडमा पनि पहिरो खसेको छ। तानसेन नगरपालिका ११ सम्मोबारी, वडा नम्बर ७ बर्तुङ नजिकै खसेको पहिरो हटाइएको प्रहरीले जनाएको छ।

यिनिहरू पढ्न छुटे की ?