होम » तेह्रथुम पावरको आईपीओमा आज सम्म आवेदन दिन सकिने

तेह्रथुम पावरको आईपीओमा आज सम्म आवेदन दिन सकिने

by नागरिक टुडे

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ मध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ । २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको जानकारी दिएको छ । शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?