होम » जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक

जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक

by नागरिक टुडे

जापानले कोरोना भाइरसविरुद्धको मडर्नाको खोप प्रयोगमा रोक लगाएको छ । बीबीसीका अनुसार सो खोपका केही डोजमा संक्रमण भेटिएपछि जापानको ओकिनावा प्रान्तमा मर्डाना खोपको प्रयोगमा रोक लगाइएको हो ।

गत हप्ता सो खोपका केही डोजमा संक्रमण भएको आशंका भएपछि १५ लाड डोज फिर्ता गरिएको थियो । खोप अभियानका लागि खोप खोप केन्द्रसम्म लगिएको थियो । तर पछि फिर्ता गरियो । जापानमा मडर्नाको दोस्रो डोज लगाएपछि दुईजनाको मृत्यु भएको थियो । उनीहरुको उमेर ३० वर्ष रहेको बीबीसीले उल्लेख गरेको छ । सो मृत्युबारे छानबिन भइरहेको छ । हालसम्म सो मृत्यु ठोस कारण पुष्टि हुन सकेको छैन ।

यिनिहरू पढ्न छुटे की ?