होम » ओलीले सहमति कार्यान्वयनको साटो खिल्ली उडाएपछि हामी बाहिरिनुपर्‍यो– माधव नेपाल

ओलीले सहमति कार्यान्वयनको साटो खिल्ली उडाएपछि हामी बाहिरिनुपर्‍यो– माधव नेपाल

by नागरिक टुडे

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सुधारका लागि सुझाव दिनेसँगै अध्यक्ष केपी शर्मा ओलीले इगो साँधेपछि आफूले नयाँ दल खोलेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चयन भएपछि आफ्नो धारणा राख्दै नेपालले ओली सुध्रने कुनै अवस्था नदेखिएपछि आफूले वैकल्पिक माध्यम अपनाएको बताएका छन् । उनले सबैसँग भएका सहमति तोड्नेकाम ओलीले गरेको भन्दै नेपालले आलोचना गरे ।

उनले आफ्नो पार्टीले कम्युनिस्ट दृष्टिकोणमा विचलन आउन नदिने बताए । लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरेर अघि बढ्ने बताउँदै नेपालले रोजगारी सिर्जना र नयाँ पुस्तालाई जिम्मेवारी हस्तानान्तरण गर्नेगरी आफू अघि बढ्ने बताए ।

यिनिहरू पढ्न छुटे की ?