होम » ‘आइफोन–१२’मा भएको समस्या एप्पलले नि:शुल्क बनाइदिने

‘आइफोन–१२’मा भएको समस्या एप्पलले नि:शुल्क बनाइदिने

by नागरिक टुडे

अहिले ‘आइफोन–१२’ का केही मोडलमा समस्या देखिएको छ। ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’ मोडलका साउन्ड सिस्टममा समस्या देखिएको हो। जसमा फोन गर्दा वा उठाउँदा आवाज राम्रोसँग सुनिएको छैन।

गत शुक्रबार एप्पलले यो समस्यालाई मध्यनजर गर्दै ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’ का लागि नयाँ सर्भिस प्रोग्राम आयोजना गरेको छ। प्रोग्रामअन्तर्गत कम्पनीले दुई मोडलमा भएका साउन्ड सिस्टमको समस्या नि:शुल्क बनाइदिने एप्पल इन्साइडरले जनाएको छ। ‘आइफोन–१२’ एण्ड ‘आइफोन–१२ प्रो’ सर्भिस प्रोग्राम फर नो साउन्ड इस्यू’ प्रोग्राममा सन् २०२० को अक्टोबर र सन् २०२१ को अप्रिल महिनाबीच उत्पादन भएका ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’ मोडललाई मात्र नि:शुल्क सुविधा दिने एप्पलले बताएको छ।

कम्पनीको प्रोग्राम विवरण भएको एक दस्तावेजअनुसार ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’का निकै थोरै प्रतिशत मोडलमा भएको एक कम्पोनेन्ट कारण फोनको साउन्ड समस्या आउन सक्छ। र यसले गर्दा फोनको साउन्ड सिस्टमबाट आवाज आउँदैन। यदी कसैको ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’मा यो समस्या देखिएको छ भने आफ्नो फोन एप्पल वा एप्पल आधिकारिक सेवा प्रदायकमा लगेर नि:शुल्क बनाउन सक्नेछन्।यो प्रोग्राममा ‘आइफोन–१२ मिनी’, ‘आइफोन–१२ प्रो म्याक्स’ र अन्य आइफोन मोडलहरु समावेश नहुने एप्पलले बताएको छ।

यिनिहरू पढ्न छुटे की ?