होम » शनिबारबाट मौसममा सुधार हुने

शनिबारबाट मौसममा सुधार हुने

by नागरिक टुडे

विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कम हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनु भयो । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उहाले भन्नु भयो ।

 

 

यिनिहरू पढ्न छुटे की ?