होम » बलिउडका यी पाँच फिल्म, जसले चीनमा करोडौं कमाए

बलिउडका यी पाँच फिल्म, जसले चीनमा करोडौं कमाए

by नागरिक टुडे
बलिउडलाई विश्वको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । त्यहाँ हरेक वर्ष एक हजारभन्दा बढी फिल्म निर्माण र रिलिज हुने गरेका छन् । बलिउड फिल्मले अन्य देशमा समेत आफ्नो बलियो पकड बनाइसकेको छ । क्यानडा, अमेरिका, यूरोपियन देश, अरब देशमा बलिउड फिल्म सर्वाधिक हेरिन्छ । पछिल्लो समय चीनमा समेत बलिउड फिल्मले आफ्नो बजार विस्तार गरेको छ ।
चीनको बक्सअफिसमा केही हिन्दी फिल्मले अनग्य पैसा कमाएका छन् । सन् २०१६ मा रिलिज भएको अभिनेता आमिर खान अभिनीत फिल्म ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । फिल्म फेयरको रिपोर्ट अनुसार, चीनको बक्सअफिसमा फिल्मले १४ सय करोडको कमाएको थियो । भारतमै झन्डै ४ सय करोड कमाई गरेको यो फिल्मका निर्देशक नीतेश तिवारी हुन् ।सन् २०१७ मा रिलिज भएको अभिनेता आमिर खान अभिनीत तथा निर्मित अर्को फिल्म ‘सिक्रेट सुपरस्टार’ ले पनि चीनमा ठूलो कमाई गरेको थियो । भारतमा औसत कमाएको यो फिल्म चीनमा भने ब्लकबस्टर सावित भयो । फिल्मले चीनमा ८ सय ३१ करोड छापेको थियो । चीनमा सबैभन्दा बढी कमाई गर्ने यो दोस्रो बलिउड फिल्म हो । अद्वित चन्दनले फिल्मको निर्देशन गरेका थिए ।
सन् २०१८ मा आएको श्रीराम राघवनको फिल्म ‘अन्धाधुन्ध’ समीक्षक र दर्शकले निकै रुचाए । फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्‍यो । यूनिक कहानी फिल्मको सबैभन्दा ठूलो तागत थियो । आयुष्मान खुराना र तब्बूको अभिनयलाई पनि दर्शकले मन पराएका थिए । भारतसँगै यो फिल्मले चीनमा समेत ठूलो कमाई गरेको थियो । चीनमा फिल्मको कलेक्सन ३ सय ३ करोड थियो ।
भारतमा अभिनेता सलमान खान अभिनीत तथा निर्मित फिल्म ‘बजरंगी भाईजान’ निकै रुचाइएको थियो । यो उनको करिअरकै सबैभन्दा उत्कृष्ट फिल्म भन्ने गरिन्छ । फिल्ममा उनको अभिनयले दर्शक भावुक बनेका थिए । भारतमा ३ सय २० करोड कमाई गरेको यो फिल्म चीनमा पनि सुपरहिट भएको थियो । फिल्मले चीनको बक्सअफिसमा २ सय ९५ करोडको कमाई गरेको थियो ।
चीनमा सर्वाधिक आम्दानी गर्नेमा स्वर्गीय बलिउड इरफान खान र पाकिस्तानी अभिनेत्री सबा कमर अभिनीत हिन्दी फिल्म ‘हिन्दी मिडियम’ पनि पर्छ । भारतीय बजारमा १ सय ४३ करोड कमाई गरेको फिल्मले चीनको बक्सअफिसमा २ सय २० करोड छाप्न सफल भएको थियो । कलाकारको अभिनय र फिल्मको कथावस्तुलाई भारतसँँगै चीनका दर्शकले समेत निकै रुचाएका थिए ।
साभार:filmykhabar

यिनिहरू पढ्न छुटे की ?