होम » बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा दुई सयले घटेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार एक सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि घटेर तोलामा १२०० कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?