होम » बिहिबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरु

बिहिबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरु

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो । त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमुल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्रिय संस्था, खानीखोला हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रिलायन्स फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, माउन्टेन इनर्जी नेपाल र सिनर्जी पावर कम्पनी रहेका छन् ।

यिनिहरू पढ्न छुटे की ?