होम » नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै माधव नेपाल

नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै माधव नेपाल

by नागरिक टुडे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएको थियो।केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

यिनिहरू पढ्न छुटे की ?