होम » तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।  गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो ।

नेप्सेका अनुसार यस अवधिमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०२.९० रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्तको शेयरमूल्य ४७२.६० रुपैयाँले बढेर प्रतिकित्ता ५१९८.९० रुपैयाँ र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९३ रुपैयाँ पुगेको छ ।

यिनिहरू पढ्न छुटे की ?