होम » जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता पाँच हजार नाघ्यो

जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता पाँच हजार नाघ्यो

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा आज बिहिबार पनि पोजेटिभ सर्किट देखिएको छ । कारोबार शुरु भएदेखि नै निरन्तर सर्किट लागेको यस लघुवित्तको शेयरमूल्य प्रतिकित्ता पाँच हजार नाघेको छ । कम्पनीको शेयर खरिद चाप हरेक दिन उच्च हुदाँ मूल्यमा सकारात्मक प्रभाव परेको हो ।

नेप्सेका अनुसार यस अवधिमा जीवन विकास लघुवित्तको शेयरमूलय ४७२.६० रुपैयाँले बढेर प्रतिकित्ता ५१९८.९० पुगेको हो । साथै, आठ करोड भन्दा बढीको कारोबार भइसकेको छ ।

कम्पनीको शेयर कारोबारको पहिलो दिन साउन १४ गते प्रतिकित्ता रू. ९१४ मा खुला भएको थियो । बिहीवारसम्म कम्पनीको १९ दिन शेयर कारोबार भएको छ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २३ गते बाँडफाँट गरेको थियो ।

यिनिहरू पढ्न छुटे की ?